९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले दार्चुलाबाट चुनावी अभियान सुरू गर्दै



अ+ अ-

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा (एमाले) ले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ ।

आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको बिषयलाई चुनाबी एजेण्डा बनाएको एमाललेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्नुहुने एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नुहुनेछ । चुनावी अभियानका क्रममा अध्यक्ष कमरेड ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको छ । एमाले यस पटक मंसिर ४,ओली सरकार ,मिसन १५० भन्ने नाराका साथ चुनावी मैदानमा उत्रेका छ ।




भर्खरै