• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली ★   ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ ★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने

एमालेले दार्चुलाबाट चुनावी अभियान सुरू गर्दै



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा (एमाले) ले आज दार्चुलाबाट चुनावी अभियान सुरू गर्दैछ ।

आफ्नो नेतृत्वमा सरकार बनेको बेला नेपालको छुटेको भूभाग समेटिएर नक्सा जारी भएको बिषयलाई चुनाबी एजेण्डा बनाएको एमाललेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले खलंगामा आयोजित जनसभालाई सम्बोधन गरेर राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्नुहुने एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नुहुनेछ । चुनावी अभियानका क्रममा अध्यक्ष कमरेड ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको छ । एमाले यस पटक मंसिर ४,ओली सरकार ,मिसन १५० भन्ने नाराका साथ चुनावी मैदानमा उत्रेका छ ।