२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा प्रतिबद्धता पत्र सार्वजानिक



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । आसन्न निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं। ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उहाँले आज यहाँ आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिनुभयो ।

“स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ”, प्रतिबद्धता पत्रमा भनिएको छ । भौतिक संरचना निर्माण गर्दा भिन्न रुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरु निर्माण गर्न पहलगरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा पार्टीका केन्द्रीयसदस्य नारायण सिलवाल र प्रदेशसभा (ख)मा पार्टीका काठमाडौँ जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।