२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुरामा देउवाको स्वागतमा देखिए प्रतिस्पर्धी ढकाल



देउवाको स्वागतका लागि डडेलधुरा बसपार्कमा प्रतीक्षारत स्वतन्त्र उम्मेदवार सागर ढकाल । तस्बिरः सामाजिक संजाल
अ+ अ-

धनगढी । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुग्नुभएको छ । देउवाको स्वागतका लागि कांग्रेसका कार्यकर्ता सँगै चुनावी प्रतिस्पर्धामा रहेका गुल्मीका युवक सागर ढकाल पनि माला बोकेर उभिएका छन् ।

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

ढकालले देशको प्रधानमन्त्रीको स्वागत गर्नका लागि आफू उभिएको सञ्चारकर्मीहरूलाई बताए । उनले भने‚ ‘सदैव मतदाताले स्वागत गरे यसपटक म उनको प्रतिस्पर्धामा उभिएको उम्मेदवार पनि लाइनमा उभिएको छु । बाजे पुस्ता र नाती पुस्तामा यही फरक हो । जनताले पनि यो पुस्तान्तरणलाई बुझ्न सकून् भनेर म उनको स्वागतको प्रतीक्षामा माला बोकेर उभिएको हुँ ।’