२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै

मरेका प्यारा मान्छे सपनामा आए भने के अर्थ लाग्छ

मरेका प्यारा मान्छे सपनामा आए भने के अर्थ लाग्छ
अ अ+ अ-

काठमाडौं । जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ ।

मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन् । सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ । कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । 

यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ । यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ । मृत परिचितले सपना देख्ने मान्छेलाई आफू जहाँ भएपनि खुशी भएको आश्वासन दिन्छन् । तिमी पनि खुशी भएर बस भनी उनीहरू बताउँछन् । सपनामा आउने मृत प्रियजनले जीवनमा आउने ठूलो समस्याका बारेमा सावधान गराउँछन् ।

जीवनका महत्वपूर्ण फैसलामा उनीहरू निर्देशन दिन पनि आउँछन् । सपनामा आउनेले कहिलेपनि आफ्नो कुरा शब्दमा व्यक्त गर्दैनन् । इशारा र हाउभाउबाट आफ्नो कुरा बताउँछन् । इशारालाई बुझ्न सपना देख्नेलाई गाह्रो हुँदैन ।

यस्तो सपना देख्ने व्यक्तिले आफूमा सकारात्मक ऊर्जा आएको महसूस गर्छ । दुःखबाट मुक्ति पाउन मद्दत गर्छ यस्तो सपनाले । जीवनमै परिवर्तन आउन सक्छ यस्तो सपना देखेपछि । भौतिक शरीर छोडेर जाने हाम्रा प्रियजन हाम्रो सपनामा झुल्किने भनी अध्यात्म र मनोविज्ञान दुवैमा उल्लेख गरिएको छ । उनीहरू हाम्रो हितका लागि देखापर्छन् । हामीले त उनीहरूको इशारा बुझे पुग्छ ।