२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारलाई गाउँ छिर्न रोक



अ+ अ-

सर्लाही । सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा पर्ने कौडेना गाउँपालिका ३ का स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ भन्दै उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाएका हुन् । उनीहरुले हुलाकी राजमार्गमा ढाट राखेर र टायर बालेर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका छन् ।

हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका–३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएको तथा गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताउनुभयो । उहाँले प्रदर्शनको नेतृत्वसमेत गर्नुभएको छ ।

हुलाकी राजमार्गलाई कालेपत्रे नगरिएकैले धुलोले स्थानीय बासिन्दामा स्वास्थ्य समस्या देखिएको उहाँको भनाइ थियो ।

सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा(एमाले) का राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।