२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । जापानले कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये ५ लाख ४८ हजार डोज आज काठमाडौं आइपुगेको छ । 

यस्तै बाँकी रहेको थप २ लाख ५२ हजार डोज खोप भोलि आइतबार आइपुग्ने भएको छ ।

शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरे । 

आएको सो खोप पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई लगाइने भएको छ ।