६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समद्धिको दिशामा फड्को मार्नु आजको आवश्यक्ताः नारायणकाजी श्रेष्ठ(भिडीयोसहित)



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु रहेको बताउनु भयो ।

उहाँले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिनसकिने बताउनु भयो । उहाँले अहिलेको सत्ता गबठन्धनले आफूलाई जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताउनु भयो । गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेदवारहरुका लागि रहेको बताउनु भयो । उहाँले धेरै भन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर यसलाई सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई आफ्नो काखमा, आफ्नो पोल्टामा के प्राप्त ग¥यो भन्ने खोज्दा त्यसको प्रत्यक्ष अनुभुति दिएर उसको जीवन फेर्नेगरी काम गर्नुपर्ने आवश्यक्ता छ ।’

‘यसबीचमा राजनीतिक परिवर्तनलाई नै हामीले जोगाउन संघर्ष गर्नुपरेको थियो भने समृद्धिको दिशामा पनि हामीले केही मात्रात्मक कामहरु गरेका छौँ, तर नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न सकिएको छैन । आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु नै हो ।’

‘हामीले गुणात्मक हस्तक्षेप त्यस दिशामा गर्नुपर्छ र जनतालाई राजनीतिक परिवर्तनबाट हाम्रो जीवन फेरिने गरी यत्ति प्राप्त भयो भनेर दिनुपर्छ । त्यसको निम्ति यो गठबन्धनले आफूलाई यो कार्यभार पूरा गर्नेगरी तयार गर्नुपर्छ । गोरखालाई यो नेतृत्व पूरा गर्ने अवसर प्राप्त छ । सम्भावना देखापरेको छ । त्यसको अर्थ धेरै मत ल्याएर आफ्ना मतदातालाई विजयी गराउनुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरेपनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भुमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताउनु भयो ।