• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते ★   मातातीर्थ मेला सुरु, चन्द्रागिरिमा भोलि बिदा ★   म दोषी भए फासीमा चढाईयोस्, ८ वर्षले पुग्दै पुग्दैनः सन्दीप लामिछाने ★   एमाले रसुवा जिल्ला अध्यक्षमा ढकाल ★   नेकपा एसको निष्कर्षः सरकारमा हाम्रो निरन्तरता कायम रहन्छ

कार्तिक २२ मा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने– ज्यो. सुवेदी



symbolic picture

काठमाडौं । यही कार्तिक २२ गते (०८ नोबेम्बर २०२२) मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने ज्यो. दीपक सुवेदीले बताउनु भएको छ ।

ज्योतिषी दीपक सुवेदीका अनुसार यो ग्रहण नेपाली समय अनुसार साँझ १७ः११ बजेदेखि १८ः३४ बजेसम्म लाग्ने छ । नेपालमा जम्मा १ घण्टा २३ मि.को अवधि रहने यो ग्रहण अन्य मुलुकहरूमा नेपालदेखि हुने देशान्तर अनुसार समय र अवधिमा फरक पर्नसक्ने छ ।

यो समयमा केतु र सूर्य एउटा राशिमा, यसै गरी राहु र चन्द्रमा अर्को एउटै राशिमा आपसमा नजिकको रेखांशमा आउँदै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउने हुनाले यो ग्रहण लाग्न गइरहेको ज्यो। सुवेदीको भनाइ छ । पृथ्वीको एउटापाटोले पूर्णरूपमा चन्द्रमातर्फ जाने सूर्यको प्रकाशलाई रोकिदिने हुनाले चन्द्रमाको पूरै भागमा पृथ्वीको छायाँ पर्छ ।

फलस्वरूप पृथ्वीको अर्कोपाटोबाट चन्द्रमा पूर्णरूपमा कालो देखिन्छ । यसरी चन्द्रमाको पूरै भागमा छायाँ पर्ने गरी लाग्ने खग्रास चन्द्रग्रहण ठूलो ग्रहण हो, यसप्रकारको ग्रहण विरलै र लामो समयको अन्तरालमा मात्रै लाग्ने गर्छ, सुवेदीले बताउनु भयो ।

ग्रहण संक्रमणकारक हुने र त्यसमाथि पनि यो ग्रहण खग्रास भएकोले बढी शक्तिशाली र असरकारक हुने सुवेदीको भनाइ छ । यतिबेला बुध र शुक्र ग्रह अस्त रहेकोले ग्रहणलाई थप असरकारक बनाउँछ ।

जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने, प्रतिकूल दिनदशा चल्नेहरूले अल्लि बढी सावधानी अप्नाउनु पर्ने, मनोरोगीहरूले बढी सावधानी अप्नाउनु पर्ने कुरामा सुवेदीको जोड छ ।