७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

कार्तिक २२ मा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने– ज्यो. सुवेदी

कार्तिक २२ मा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने– ज्यो. सुवेदी
symbolic picture
अ+ अ-

काठमाडौं । यही कार्तिक २२ गते (०८ नोबेम्बर २०२२) मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने ज्यो. दीपक सुवेदीले बताउनु भएको छ ।

ज्योतिषी दीपक सुवेदीका अनुसार यो ग्रहण नेपाली समय अनुसार साँझ १७ः११ बजेदेखि १८ः३४ बजेसम्म लाग्ने छ । नेपालमा जम्मा १ घण्टा २३ मि.को अवधि रहने यो ग्रहण अन्य मुलुकहरूमा नेपालदेखि हुने देशान्तर अनुसार समय र अवधिमा फरक पर्नसक्ने छ ।

यो समयमा केतु र सूर्य एउटा राशिमा, यसै गरी राहु र चन्द्रमा अर्को एउटै राशिमा आपसमा नजिकको रेखांशमा आउँदै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउने हुनाले यो ग्रहण लाग्न गइरहेको ज्यो। सुवेदीको भनाइ छ । पृथ्वीको एउटापाटोले पूर्णरूपमा चन्द्रमातर्फ जाने सूर्यको प्रकाशलाई रोकिदिने हुनाले चन्द्रमाको पूरै भागमा पृथ्वीको छायाँ पर्छ ।

फलस्वरूप पृथ्वीको अर्कोपाटोबाट चन्द्रमा पूर्णरूपमा कालो देखिन्छ । यसरी चन्द्रमाको पूरै भागमा छायाँ पर्ने गरी लाग्ने खग्रास चन्द्रग्रहण ठूलो ग्रहण हो, यसप्रकारको ग्रहण विरलै र लामो समयको अन्तरालमा मात्रै लाग्ने गर्छ, सुवेदीले बताउनु भयो ।

ग्रहण संक्रमणकारक हुने र त्यसमाथि पनि यो ग्रहण खग्रास भएकोले बढी शक्तिशाली र असरकारक हुने सुवेदीको भनाइ छ । यतिबेला बुध र शुक्र ग्रह अस्त रहेकोले ग्रहणलाई थप असरकारक बनाउँछ ।

जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने, प्रतिकूल दिनदशा चल्नेहरूले अल्लि बढी सावधानी अप्नाउनु पर्ने, मनोरोगीहरूले बढी सावधानी अप्नाउनु पर्ने कुरामा सुवेदीको जोड छ ।