२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए युकेका अध्यक्षमा गाहामगर



अ+ अ-

लण्डन । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी हुनुभएको छ । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो । 

झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गर्नुभएको थियो । यसैगरी उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९, गोविन्द खरेलले तीन हजार ६ सय ६५, नारायण कंडेलले ४हजार चार सय ९५ , मोहन कार्कीले चार हजार पाँच सय ९५ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

यस्तै महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा  उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही,  इन्दिरा खनिया, हिरा ९दीपक० सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल  र बालकृष्ण दाहाल विजयी हुनुभएको छ ।

त्यसैगरी क्षेत्रीय समितिमा  इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी हुनुभएको निर्वाचन पर्यवेक्षक भगिरथ योगीले जानकारी दिनुभयो ।

निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षक रुपमा जिम्मेवारी दिएको थियो ।