२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो नट एगेन’ का नाममा दलहरुप्रति वितृष्णा फैलाउने कोसिस भयो: अध्यक्ष प्रचण्ड



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नो नट एगेन’ का नाममा दलहरुप्रति विस्तृणा फैलाउने काम भएको टिप्पणी गरेका छन् ।

माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नो नट एगेन’ले युगान्तकारी परिवर्तन ल्याउने शक्तिहरुलाई अपमानित गराउने प्रयास भईरहेको बताएका हुन् ।

प्रचण्डले आर्थिक क्रान्तिको मार्ग तय गर्दै समाजवादको यात्रासम्म पुग्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘गणतन्त्र आएर पनि केही भएको छैन भनेर एकथरी मान्छेहरुले धमिलो पानीमा माछा मार्ने गरिकन नो नट एगेन भन्याजस्ता प्रचार गरिरहेका छन् । दलहरुप्रति वितृष्णा फैलाउने कोसिस, यो युगान्तकारी परिवर्तन ल्याउने शक्तिहरुलाई अपमानित गराउने प्रयास, जो भइरहेका छन् । त्यसको मुलमा चाहीँ हामीले नै आफैंभित्र हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

‘नो नट अगेन’ले सामाजिक सञ्जालमार्फत निरन्तर सत्तामा पुगिरहेका नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन आग्रह गर्दै आफ्नो प्रचार गरिरहेको छ ।