• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

धादिङ सल्यानटारमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु



धादिङ । धादिङको सल्यानटारमा भीरबाट खसेर एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

भीरबाट खसेर घाइते भएकी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारकी २१ बर्षिया भवानी खकुरालको उपचारको क्रममा मृत्यु भएको हो । उनी मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन् ।

घाइते खकुरालको उपचारका क्रममा सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा ज्यान गएको हो ।

म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको थियो ।