५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा मात्रै डडेल्धुरा जान आयोगको स्वीकृति



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर मात्र डडेल्धुरा जान स्वीकृति दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो ।

उक्त पत्रमाथि निर्णयस्वरुप आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको हो ।

आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउनुहुनेछ ।