२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रतिबद्धः मुख्यमन्त्री पोखरेल



अ+ अ-

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ धारापानीस्थित नवदुर्गा आधारभूत विद्यालय भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले जिल्लाको नारायणी नदीबाट त्रिवेणीसम्म जल यातायात, बिपी अन्तर्राष्ट्रिय खेल मैदान तथा ट्रमा सेन्टरको काम अगाडि बढेसँगै जिल्लामा विकासको गतिले तीव्रता पाएको बताउनुभएको हो । 

मुख्यमन्त्री पोखरेलले गैँडाकोट–बुलिङटार जोड्ने सडक निर्माणको कामले पनि गति लिएको उल्लेख गर्दै प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध छ भन्नुभयो । 

भुकम्पले सो विद्यालयको भवन भत्किएपछि सोही स्थानमा प्रदेश सरकार संसद् विकास कोषको रु २१ लाख १० हजार बजेटबाट निर्माण शुरु गरिएको थियो । विद्यालयको भवन निर्माणका लागि अपुग रकम स्थानीय श्रमदान, विद्यालयको आन्तरिक स्रोत र चन्दा सङ्कलनबाट जुटाइएको विद्यालयका प्रधानाध्यापक शक्तिप्रसाद कँडेलले जानकारी दिनुभयो ।