२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइलाई थाहाँ छ, यसरी काम गरियो भने छिट्टै मरिन्छ



अ+ अ-

काठमाडौं । तपाईं अफिसमा दुई घन्टासम्म लगातार नहल्लिकन काम गर्नुहुन्छ ? गर्नुहुन्छ भने सावधान ! एक अनुसन्धान रिपोर्टअनुसार लामो समयसम्म एकै ठाउँमा बस्ने मानिस अन्य मानिसको तुलनामा छिट्टै मर्ने जोखिम बढ्छ ।

शोध निष्कर्षबाट पत्ता लागेअनुसार दिनमा आठदेखि १३ घन्टासम्म बसेर काम गर्ने मानिसहरू ६० देखि ९० मिनेटसम्म बसेर काम गर्ने मानिसको तुलनामा मर्ने जोखिम दोब्बर हुन्छ । जम्मा आधी घन्टा एउटै ठाउँमा बस्ने मानिसमा मृत्युको खतरा सबभन्दा कम देखियो ।

भेइल कोर्नेल मेडिकल सेन्टरका प्राध्यापक मोनिका सेफर्डले भनिन्, ‘अनुसन्धानअनुसार लामो समयसम्म एकै ठाउँमा बस्दा हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।’

अनुसन्धानको रिपोर्ट एनाल्स अफ इन्टर्नल मेडिसिनमा प्रकाशित भएको छ । अनुसन्धान टोलीले ४५ वर्षभन्दा बढीका सात हजार नौ सय ८५ मानिसमा एक हप्तासम्म नजर राखेका थिए ।