२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ वर्षपछि परिवारको सम्पर्कमा आए लामिछाने



अ+ अ-

वालिङ । आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आउनुभएको छ ।

पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासित गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन् ।

करिब ११ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताउनुभयो । “बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइप¥यो”, आमा हिमादेवीले भन्नुभयो, “आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन ।”

सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उहाँले बताउनुभयो । “छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत ग¥यौँ, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन”, उहाँले भन्नुभयो, “साँझ बिहान भगवान्लाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवान्ले पुकार सुन्नुभयो ।”

भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताउनुभयो । काठमाडौँमा रहनुभएका आफन्तसहित पुगेर भाइलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएर फर्किएको र आइतबार स्याङ्जा वालिङबाट आमा र भाइहरु आएपछि प्रक्रिया पूरा गरी घर लैजाने तयारीमा रहेको दाजु पूर्णचन्द्रले बताउनुभयो ।

“म नजिन्मिँदै धेरै पहिला बुवासित दाजु उपचारका लागि दिल्ली जानुभएको रहेछ”, भाइ रमेश लामिछानेले भन्नुभयो, “दिल्लीबाट हराउनुभएको हो भन्ने सुनेको हुँ, अहिले काभ्रेको बनेपास्थित एक होटलमा काम गर्दै हुनुहुन्छ भन्ने सामाजिक सञ्जालमा देखेपछि र दाजुले भनेका कुरा र हुलिया मिलेपछि पहिचान भएको हो ।”

काठमाडौँमा रहनुभएका गाउँका आफन्तले दाजुलाई भेटिसकेको र यताबाट लिनका लागि आइतबार ९भोलि० जाने तयारी भएको भाइ रमेशले बताउनुभयो । झण्डै ४६ वर्ष पुग्नुभएको दाजुलाई अब घरमा ल्याएर परिवारसँगै राख्ने र उहाँले पनि अब परिवारसँगै रहने इच्छा जनाउनुभएको भाइ रमेशको भनाइ छ । 

हराएको र करिब भेटिने आश मरेको छोरा भेटिएको खबरले वालिङ– ५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा खुशी छाएको छ । रासस