६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको कटाक्ष– हिजो रेलको कुरा गर्दा विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउदै छन् (भिडीयोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो रेलको कुरा गर्दा विरोध गर्नेहरू अहिले एमालेलाई पछ्याउदै छन् भन्दै कटाक्ष गरेका छन् ।

काठमाडौंको क्षेत्र नम्बर १ मा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टीको सरकारले रेलको कुरा गर्दा मजाक गर्नेहरू आफ्नो चुनावी घोषणापत्रमा रेल देखाउन बाध्य भएको टिप्पणी गरेका हुन् ।

ओलीले जनकपुरमा एमाले सरकारले ल्याइदिएको रेल चढ्न अहिले कांग्रेस–माओवादीका घरपरिवार आतुर बनेको बताए । उनले भने, ‘परराष्ट्रमन्त्री चाइना गएर रसुवा–काठमाडौं रेलको डिटेल सर्भेका लागि सम्झौता गरेर आउनुभयो । त्यो हाम्रो योजना हो । चाहिँदो रहेछ त । हामीलाई पछ्याउनुभयो त । रेलको कुरा गर्दा मजाकमा उडाउनेहरू अहिले आफ्नो घोषणापत्रमा रेलको थुतुनो नदेखाई बेच्न नसक्ने भए । अहिले जनकपुर जाँदा रेल नचढेर धरै छैन । एमाले सरकारको पालामा लिक बनाइयो, रेल किनियो, ल्याइयो, चलाइयो । त्यो रेल एक पटक चढाउन भनेर घरघरमा दबाब दिन थाल्या छन् । खासगरी, कांग्रेस र माओवादीका घरपरिवारले एमाले सरकारले ल्याएको त्यो रेल एक पटक हेर्नैपर्यो भनेर घरपरिवारले हुरुक्क पारेका छन् । म चुनावतिर लागौँ कि तिमीहरूलाई रेल चढाउन लगौँ भन्ने स्थिति छ । म आफैँ पनि त्यो रेल चढेँ । कति छिटै सुटुक्क पुर्‍यायो ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको घरैछेउ ट्रान्समिसन लाइन राखेर आफ्नो पार्टीको सरकारले ठाउँ नै बिजुलीले झलमल पारिदिएको बताएका छन् ।