२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले कहिले गर्छन मन्त्रिपरिषद् विस्तार, नेपाललाई के भने यस्तो !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै एक हप्ता मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् । प्रधानमन्त्री देउवाले माधव नेपाल समूहलाई सहभागी गराएरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । 

प्रधानमन्त्री देउवा माधव पक्षलाई पनि सहभागी गराएरमात्रै सरकारलाई पूर्णता दिने पक्षमा पुगेका हुन् ।  देउवाले नेपाललाई फोन गरेर सरकारमा सहभागी हुनको लागि आग्रह गर्दै एक हप्तासम्म कुर्न सक्ने जानकारी गराएका हुन् । 

प्रधानमन्त्री देउवानिकट उच्च स्रोतकाअनुसार आज विहानमात्रै देउवाले नेता नेपाललाई फोन गरेका छन् । नेपाल पक्षले पार्टी एकतामै जोड दिने निश्कर्ष निकालेपनि देउवा भने विश्वासको मत दिएकाले गुन तिर्ने तयारीमा जुटेका हुन् ।  

नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरुले तत्काल पार्टी विभाजनमा जान नहुने र एकताकै पक्षमा जोड दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका केहि नेताहरुले भने कुनैपनि हालतमा सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।  

आज विहान प्रधानमन्त्री देउवाले नेता नेपालसँग फोनवार्ता गरेरमा नेता नेपालले  आफूले नेताहरुसँग सल्लाह गरेर मात्रै जवाफ दिने भनेका थिए ।