५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ– अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरेका छन् ।

काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरेका हुन् ।

ओलीले काठमाडौंमा पुनर्निर्मित धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरेका छन् । उनले भने, ‘एमाले सरकारमा गएपछि साढे सात लाख घर हस्तान्तरण भए भने १५ सय पुरातात्त्विक महत्त्वका ऐतिहासिक भवनहरू पुनर्निर्माण गरिए । २०र३० वर्षमा अरूले गर्न नसकेका काम हामीले गरेका छौँ । सबै काम सकेपछि बेग्लै रौनक आउँछ काठमाडौंको मुटुमा । तर, धरहरा भनेको धरहरा मात्रै हो । त्यो निर्माण भइसकेको छ । पार्किङ स्थल र गार्डेनलाई एउटा कम्पोटेन्टमा ल्याए पनि त्यो धरहरा होइन । अहिले केही पार्टी र तीनका नेतालाई धरहरा हेर्‍यो कि मुटुमा सुइरो रोपेजस्तो हुन्छ । धरहराको टुप्पो हेरेपछि घोच्छ तिनीहरूलाई । त्यस कारण उनीहरू कराउँछन् । कसैले सेता भ्यूटावर हो भन्छन् ।’

अध्यक्ष ओलीले भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएको तर पार्किङलगायतका बाह्य संरचनाको काम जारी रहेको उल्लेख गरे ।