२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक सर्यो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आइतवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । भोलीका लागि बोलाएको एमालेको केन्द्रीय कमिटी बैठक एक दिनपछि सारिएको हो ।  

एमालेले पार्टी एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलिसम्म अल्टिमेटम दिएकाले बैठक पर्सी सरेको हो।

नेपाल पक्षले एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने भन्दै आइतबारसम्मको अल्टिमेटम दिँदै बताएको थियो। 

शनिबार ललितपुरमा बसेको नेपाल पक्षीय जनवर्गीय संगठनको कार्यक्रमलाई पनि सम्बोधन गर्दै नेता नेपालले भोलिसम्म ओलीले निकास नदिए आफूले थप कदम चाल्ने बताएका छन्। 

नेपाल पक्षको अल्टिमेटमबीच एमालेको बैठक २५ गते दिउँसो ३ बजेसम्मलाई सारिएको हो। बैठक सोमबार ११ बजे बस्ने भएको छ । 

बैठकमा विधानबारे छलफल गर्ने कार्यतालिका छ। त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ। 

एमालेले पार्टीको विधान संसोधनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति बनाएको छ।