२४ आश्विन २०८१, बिहीबार
,
Latest
रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण दसैँमा गाउँ नै रमाइलो … चाडपर्वमा पनि बलेनन् सडकबत्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपि ओली भन्दा देउवा गतिला : नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अध्यक्ष केपि शर्मा ओली भन्दा प्रधानमन्त्री शेर बहादुर देउवा राम्रो भएको बताएका छन् । दोलखा काठमाडौँ सम्पर्क मञ्चका आफू पक्षीय नेताहरुलाई भर्चुअल सम्बोधन गर्दै नेपालले ओलीले माओवादीलाई विश्वासमा लिएको अवस्थामा अहिलेको अवस्था सिर्जना नै नहुने बताएका हुन् । 

नेता नेपालले आफ्नै पार्टीमात्र पनि एकतावद्ध राखेको अवस्थामा वर्तमान समस्या सिर्जना नहुने पनि बताए। पार्टी अहिलेको अवस्थामा आउनुमा ओलीको भूमिका रहेको नेपालको आरोप छ।

देउवाको सरकारलाई विश्वासको मत नदिएको भए सोही दिन प्रतिनिधि सभा भंग हुने अवस्था रहेकाले प्रतिनिधि सभा बचाउन मतदान गरेको नेपालको भनाई छ। झलनाथ खनाल प्रधानमन्त्री भएको स्मरण गर्दै नेपालले एमाले ओलीको पेवा नभएको बताए। उनले खनाल प्रधानमन्त्री हुँदा राजिनामा दिएका थिए । 

ओली प्रवृतिविरुद्ध आफूहरुको लडाईँ रहेको माधवको मत थियो।

‘उहाँमा जुन व्यक्तिवादी प्रवृति छ, जुन अहंकार छ, निरंशुक प्रवृति र गैरकम्युनिस्ट आचरण विकास भएको छ। विदेशी सामु लम्पसार पर्ने प्रवृत्ति देखिएको छ। त्यसका विरुद्धको हो यो लडाईँ। विचारको लडाईँ जारी छ। यो लडाईँमा दृढताका साथ अघि बढ्नुपर्छ।’

अहिलेसम्म आफू सबै मोर्चामा जितेर पनि उत्साहित हुन नसकेको नेपालको भनाई छ। नेपालले ओलीभन्दा शेरबहादुर देउवा गतिला भएको पनि टिप्पणी गरे। तर, देउवा पनि कम्युनिस्ट जति गतिला नभएको नेपालको भनाई छ।

‘केपी ओलीभन्दा गतिला हुन शेरबहादुर तर कम्युनिस्टभन्दा गतिला हैनन्। एमालेभन्दा गतिला हैनन्। तर, धेरै बदमासभन्दा थोरै बदमासलाई ल्याउनुपर्छ भनिन्छ। ऊ त लोकतन्त्रवादी मान्छे हो कमसेकम। हेर्नुस् त ऊ प्रधानमन्त्री भयो पूर्वप्रधानमन्त्रीको सम्मान गरेर बोलायो। माधव नेपालजीले बाघ सम्मेलनमा यस्तो गर्नुभयो भनेर पनि भन्यो केपी ओलीले कहिल्यै सम्झियो ? आजसम्म यत्रो वर्षसम्मरु आफ्नो पार्टीभित्रको सिनियर नेताको सम्मान गर्न नसक्ने ? अनि अपमान फिल हुन्छ कि हुँदैन। इतिहासप्रतिको न्याय हुन्छ ? अनि संस्कार कसको राम्रो रहेछ ? कम्युनिस्ट कि कांग्रेसको ? म त भन्छु कांग्रेसको।