२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा

उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा
अ अ+ अ-

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ । उपकुलपति प्राडा सिंहविरुद्ध आज सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यति बेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममा निन्दा, घृणा र टिप्पणी भइरहेको छ । 

विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयमा कार्यरत उपकुलपति प्राडा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।” यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले बताए । 

“यस घटनामा को–को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ” उनले भने, “विश्वविद्यालय र मेरो पछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ । म गलत छैन र यसमा आतिएको पनि छैन ।” 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिइसकिएको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् । आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि सफल हुन सकेको छैन । वार्ता गर्ने भन्दै एक साताअघि उपकुलपति प्राडा सिंहको निवास र गाडीमा समेत तोडफोड गरिएको थियो ।