२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार

साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार
अ अ+ अ-

काठमाडौं । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।
 
लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता रु १५ अर्बभन्दा बढी देखिएको छ । 

साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कूल १० करोड ४० लाख २४ हजार ९११ कित्ता शेयर कारोबार भयो । कूल रु ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको शेयर किनबेच भयो । 

साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा देखिएको थियो ।  सो दिन अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको थियो । 

त्यसदिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए । तर नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको थियो । कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । त्यस दिनको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको नेप्सेको विवरणमा उल्लेख छ ।
 
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुग्यो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । त्यस दिन घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लाग्यो । 
     
साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचकले कीर्तिमान कायम ग¥यो । लगातार उकालो लाग्दै आएको नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुग्यो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुग्यो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुग्यो । 

कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थान रही रु ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो । 

साताको चौथो दिन बुधबार नेप्सेमा अर्को इतिहास कायम भयो । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा दोहोरो अंकको सुधार देखियो । त्यसदिन १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुग्यो । यो हालसम्मकै उच्च बिन्दु हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुग्यो । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लाग्यो भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भयो । 

त्यसदिन पनि अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भए । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । सोही आधारमा अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लाग्यो । 

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । त्यसदिन  कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुग्यो । 

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अङ्कको गिरावट आए पनि चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा ‘दोहोरो अङ्क’ को करेक्सन देखियो । त्यसदिन नेप्से १६ अङ्कले घटेर तीन हजार १०७.४५ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुग्यो । कूल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर रु १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लाग्यो । त्यसदिन बजार बन्द हुँदा रु ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ बराबर पुग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३० लाख ६१ हजार २९६ बराबरको कारोबार भयो । 

साताभरमा जीवन विकास लघुवित्त ५२.२८, घलेम्दी हाइड्रोपावर ३९.०३, फस्ट माइक्रोफाइनान्स ३२.४०, कालिका पावर कम्पनी २९.९१, आँखु खोला जलविद्युत् कम्पनी २२.५५ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २०.४४ प्रतिशतले कमाए । त्यस्तै, चन्द्रागिरी हिल्स ७.९४, प्रभु इन्स्योरेन्स ६.३७, गुडविल फाइनान्स ६.१५, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ५.२९ र ग्लोबल आइएमई लघुवित्रका लगानीकर्ताले ४.५४ प्रतिशतले गुमाए ।