१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा छ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने एमालेको लक्ष्य



अ+ अ-

काठमाडौँ । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पुर्याउने योजना अगाडि सारेको छ । सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्य राखेको छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादनमा जोड दिने सो पार्टीको दाबी छ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।

समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरी राखी राज्य सञ्चालन गर्ने बताएको उक्त पार्टीले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने दावी गरेको छ । ‘स्वच्छ पानी, सफा वातावरण, खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ भन्ने नारा दिएको एमालेले सिँचाइका लागि वर्षायाममा बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने योजना रहेको बताएको छ ।

आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई मधेशमा थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने, वैदेशिक रोजगारीमा फर्केका नेपालीलाई ऋण तथा सहुलियतका योजना ल्याउने सो पार्टीको दावी छ ।