• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

बेस्ट नायिकाको अवार्ड पाइनँः मेकअप र कपडाको मात्रै मूल्यांकन गरियो– करिष्मा मानन्धर(भिडीयोसहित)



काठमाडौँ । नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच सोमवार चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा वधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको बताउनु भयो ।

उहाँले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको बताउनु भयो । उहाँले अहिले विधुवा पुरुषको कथा रहेको चलचित्र महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त गर्नभयो ।

उहाँले भन्नुभयो, ‘अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने महिलाहरुलाई हुँदैन ? हामी २१ औं शताब्दीमा छौँ । समानताको कुरा गर्छौं । कुरा गर्छौं, कर्म गर्दैनौँ । मैले यो सिनेमाबाट कर्म गर्न खोजेको छु । विधुवा पुरुषको मात्रै कुरा होइन, अहिले विधुवा पुरुषको कथाबाट बनेको महापुरुषले तहल्का पिटिरहेको छ, मैले यस फिल्ममा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको छु । त्यो उठाउने जिम्मा आजको पिढीको हो ।’

त्यस्तै अग्रज कलाकार वसुन्धरा भुसालले दर्शकहरुले यो चलचित्र मन पराइदिने विश्वास व्यक्त गर्नुभयो । उहाँले चलचित्रले समाजमा महिलालाई परेको दुःखलाई देखाएको बताउनु भयो । चलचित्रमा महिलाको हक, अधिकार र वेदनालाई समेटिएको बताउनु भयो । त्यस्तै अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताउनु भयो ।

उहाँले चलचित्रले सामाजिक कुरीतिबिरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गर्नुभयो । त्यस्तै नायिका करिष्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गर्नुभयो । उहाँले आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको बताउनु भयो । चलचित्र बगानमा भने आफूले अभिनयबाट चिनिने मौका पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ । त्यसको लागि म हाई ममी, बाई ममी भन्ने रोलमा गर्न रेडी थिइनँ । ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गनुएपर्ने बाध्यता मलाई छ । करिष्मा मानन्धरले कहिले पनि बेस्ट नायिका भनेर अवार्ड पाएन । जहिले पनि यत्रो लामो करियर भयो, कहिले पनि पाएन । जहिले पनि मेकअप र लुगाको मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो मेरो । यो फिल्ममा मैले अभिनयबाट चिनाउने रोल गर्न पाएँ ।’

सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।