२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलका सदस्य र गठबन्धनका नेताबीच छलफल सुरु



अ+ अ-

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्य र सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल बालुवाटारमा सुरु भएको छ ।  

कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।

सरकारले आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।