२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

महेन्द्र शान्तिका १७ विद्यार्थीलाई दाताबाट छात्रवृत्ति प्रदान

महेन्द्र शान्तिका १७ विद्यार्थीलाई दाताबाट छात्रवृत्ति प्रदान
अ अ+ अ-

भक्तपुर । सुर्यविनायक नगरपालिकाभरीकै उत्कृष्ट सामुदायीक विद्यालय महेन्द्र शान्ति मावि बालकोटबाट माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण गरी सोही विद्यालयमा ११ र १२ कक्षामा अध्ययनरत १७ जना विद्यार्थीलाई विभिन्न दाताहरुले छात्रवृत्ति प्रदान गरेका छन् । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् बालकोटका शिक्षासेवी हेमन्तकुमार कार्कीको पहलमा दुईवर्ष अघि नै सो विद्यालयमा ११ र १२ कक्षा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा अनूरुप ती विद्यार्थीलाई वार्षिक जनही १५ हजार रुपैयाँका दरले छात्रवृत्ति दिईएको हो । 

छात्रवृत्ति वापतको रकम दाताहरुले ती विद्यार्थीको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापा र सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराईलाई शनिबार हस्तान्तरण गरेका हुन् ।
१७ जना विद्यार्थीमध्ये विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्कीले ४ जना, पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री ,भोलासिंह सिलवाल र शिक्षिका सुधा केसीले २/२ जना, लवकुश कार्की, इन्जिनियर सुमनकुमार कार्की,पुर्णदास/हरिकृष्ण सामा,प्रदिप कार्की, मोहन रानाभाट, केशव रानाभाट र हरिशरण रानाभाटले एकएकजना विद्यार्थीलाई १२ कक्षाको लागि जनही १५ हजार रुपैयाँको दरमा छात्रवृत्ति प्रदान गरेका थिए ।

दाताहरुले कक्षा ११को लागि जनही १५ हजार र कक्षा १२ को लागि जनही १५ हजार गरि २ वर्षको लागि जनही ३० हजार रुपैयाँ छात्रवृत्ति उपलव्ध गराएका हुन् । छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हेमन्तकुमार कार्की, पुर्व अध्यक्षहरु रोहित बहादुर राना क्षेत्री र भोलासिंह सिलवाल, प्रधानाध्यापक गोपालविक्रम थापा र रामचन्द्र भट्टराईले बोलेका थिए ।