२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’

जनताका पिर मार्का बुझेर काम गर्छुः मुख्यमन्त्री पोखरेल

जनताका पिर मार्का बुझेर काम गर्छुः मुख्यमन्त्री पोखरेल
अ अ+ अ-

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताउनुभएको छ । पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी सीमानाका कोरला जोड्ने झ्यालबास–डेढगाउँ सडक प्रदेशकै ‘लाइफलाइन’ भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

शनिबार र आइतबार गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर भ्रमणमा रहनुभएका मुख्यमन्त्री पोखरेलले जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागिता जनाउँदै उत्तर दक्षिण मार्ग सम्पन्न भएपछि प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने बताउनुभयो ।

अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी तथा नारायणीको कटानको चपेटामा परेकाले मुख्यमन्त्री पोखरेलले दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी गराउनुभयो । 

नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने पोखरेलको भनाइ थियो । उहाँले नारायणी नदी कटान रोक्दै किनारैकिनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राख्नुभयो । मुलुकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने उहाँको भनाइ थियो । 

मुख्यमन्त्री पोखरेलले गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरलगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताउनुभयो । उहाँले युवालाई खेलकूदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकूद जरुरी रहेको बताउनुभयो । खेलकूदको गतिविधि बढाउन प्रदेश सरकारले क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कावासोतीमा भएको फरक कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलद्वारा जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका छन् । सरकार समर्थित सात दलले मुख्यमन्त्री पोखरेललाई बुझाएको ज्ञापनपत्रमा नमूना सदरमुकाम निर्माणको डिपिआर अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्लास्तरीय खेलकूद रङ्गशाला निर्माण, जिल्लामा आन्तरिक विमानस्थल निर्माण, नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणलगायतका १३ योजना छन् । 

जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पोखरेलसँग देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी व्यवसायीलाई एक प्यान–१ खोपको माग गर्नुभयो । उहाँले दलदले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । कोरोनाका कारण व्यवसायी साह्रै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको सापकोटाले बताउनुभयो । 

पोखरेलले शनिबार र आइतबार गरी जिल्लाको गैँडाकोट–११ मुकुन्दपुरस्थित कभर्ड हल अवलोकलन, कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पुर्याएको क्षतिबारे अवलोकन र नवलपुरको लोकाहा खोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलको समेत अवलोकन गर्नुभएको थियो । 

प्रस्तावित औद्योगिक क्षेत्र अवलोकनका क्रममा मुख्यमन्त्री पोखरेलले जग्गा नापजाँचको काम शुरु भइसकेकाले सङ्घीय सरकारसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । 

त्यस्तै मुख्यमन्त्री पोखरेल देवचुली–५ स्थित झाँक्रेखोलाको बस्ती अवलोकन, गैँडाकोट क्षेत्रमा नारायणी नदीले गरेको कटान अवलोकन तथा गैँडाकोट उद्योग वाणिज्य सङ्घको कार्यक्रममा सहभागी हुनुभएको छ । जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पोखरेल आजै पोखरा फर्किने जनाइएको छ ।