२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्बोल नम्बर नहुँदा एसइईको परीक्षाफल हेर्न पाइएन



अ+ अ-

मान्म । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ । यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन् । 

एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने भए पनि सिम्बोल नम्बर थाहा नहुँदा आफूले प्रतिफल थाहा पाउन नसकेको कालीकोटको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माध्यमिक विद्यालय मान्मबाट इसइई परीक्षा दिएका विकास शाहीले बताए । 

“इसइई परीक्षाको फार्म भर्ने बेला कोभिड–१९ कारणले विद्यालय बन्द भयो । हाम्रो सिम्बोल नम्बर कति हो”, त्यो थाहा भएन उनले भने, “आन्तरिक मूल्याङ्कनबाट परीक्षाको प्रतिफल आएको होला तर हाम्रो सिम्बोल नम्बर कति हो भन्ने थाहा नहुँदा परीक्षा प्रतिफल हेर्न पाएका छैनौँ ।” 

सिम्बोल नम्बर नभएका कारण आफूले परीक्षाको प्रतिफल हेर्न नपाएको रास्कोट नगरपालिका–५ स्युनामा रहेको बडिमालिका माध्यमिक विद्यालयबाट इसइई परीक्षामा सामेल विद्यार्थी रजबहादुर फर्सालले बताए ।  

“परीक्षा के भएको हेर्न पाएका छैनौैँ । हाम्रो सिम्बोल नम्बर कति हो त्यो पनि थाहा छैन”, उनले भने, “परीक्षाको प्रतिफल हेर्न नपाउँदा उकुसमुकुस भएको छ ।” विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा इसइई दिने विद्यार्थीको नतिजा परीक्षा बोर्डमा पठाइएको र सबै विद्यार्थीको सिम्बोल नम्बर आफूहरुलाई जानकारी नहुने र विद्यालयमा गएमात्र थाहा हुने पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक चन्द्रप्रसाद कोइरालाको भनाई छ । 

“विद्यालय कोभिड–१९ का कारणले बन्द भएकाले हामीले आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको परीक्षा फल र सिम्बोल नम्बर दिएका हौँ”, उहाँले भन्नुभयो, “त्यसबेला विद्यार्थीले चासो पनि देखाउनु भएन । हामीले सबैलाई तपाईको सिम्बोल नम्बर यति हो भन्न पनि भ्याएनौँ ।”

इसइई परीक्षाको प्रतिफलको जानकारी आजै जिल्लामा आइपुग्ने र त्यसपछि विद्यार्थी को कति पास भए भन्ने जानकारी हुने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुुख महेश देवकोटाले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको परीक्षाफल आजै आउने बताउनुभयो ।