• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

ब्राजिलको राष्ट्रपतिमा सिल्भा निर्वाचित



एजेन्सी । ब्राजिलको राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनले आइतबार भएको दोस्रो चरणको चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

वामपन्थी वर्कर्स पार्टीका लुलाले जनवरी १, २०२३ मा पद सम्हाल्नेछन्, तबसम्म बोल्सोनारोको कार्यवाहक राष्ट्रपति रहनेछन् ।

राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान ३० अक्टोबरमा भएको थियो । लुला दा सिल्भाले ५०.९०% भोट पाए भने बोल्सोनारोले ४९.१०% भोट पाए । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । गत महिना भएको पहिलो चरणको मतदानमा लुलाले ४८.४%, बोल्सोनारोले ४३.२३% मत पाएका थिए ।

७७ वर्षीय लुला डा सिल्भाले चुनावी मैदानमा भ्रष्टाचार अन्त्य गर्न अभियान चलाएका थिए । उनले बोल्सोनारोको पालामा भ्रष्टाचार बढेको बताएका थिए । छैटौं पटक राष्ट्रपतिको चुनाव लडेका लुला विजयी भएका हुन् ।

उनले पहिलो पटक सन् १९८९ मा चुनाव लडेका थिए । लुलाले राष्ट्रपतिको पदभार ग्रहण गर्ने यो तेस्रो पटक हुनेछ । यसअघि उनी सन् २००३ देखि २०१० सम्म दुईपटक राष्ट्रपति निर्वाचित भएका थिए ।