१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन
अ अ+ अ-

काठमाडौँ । गङ्गा बुढाथोकी उमेरले पाँच दशक पार गर्नुभयो । उहाँको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । श्रीमान हुँदासम्म खेतमा सहयोग हुन्थ्यो । भक्तपुरस्थित चागुँनारायण नगरपालिका–९ की गङ्गालाई एकल भएपछि पनि एक्लै खेती सम्हाल्नुपरेको छ ।

“छोराछोरी विदेशमै रमाउछन्”, उहाँले भन्नुभयो, “श्रीमान हुनुहुन्न, खेती मैले नै धान्नुबाहेक अरु उपाय छैन ।” गङ्गाको खेती आकासेपानीमा निर्भर छ । खनजोत गर्नको लागि अरुसँगै हारगुहार गर्नुपर्छ । एउटा हाते मेसिन मात्रै भइदिएको भए पनि उहाँले आफ्नै बलमा खेती उतार्न सजिलो हुने बताउनुहुन्छ । वडा र नगपालिकामा मेसिन माग्न जाँदा खासै चासोले नलिने गरेको उहाँको अनुभव छ ।

ताथलीका महिला किसान समूहकी अध्यक्ष सत्यरुपा बुढाथोकी पनि महिला किसानलाई एउटा ट्र्याक्टरको सुविधा भए खेती गर्न सहज हुने बताउनुहुन्छ । खेती खन्ने युवा गाउँ डुल्दा पनि भेटिदैनन् । कतिपय महिलाले ट्र्याक्टर र हातेमेसिन चलाउन जान्दैनन् । ट्र्याक्टर र हातेमेसिन चलाउने सीप नहुँदा कुटो कोदालोले खेत खन्नु पर्ने विडम्बना रहेको उहाँले सुनाउनुभयो ।

ललितपुर गोदावरी नगरपालिका–१३ का ४० वर्षिया कृषक गीता थापाको अवस्था पनि उस्तै छ । विदेश गएका श्रीमानको खर्चमा खेती किसानी गर्दै आएको उहाँ बताउनुहुन्छ । सिँचाइ सुविधा नहुँदा उहाँहरुले कोदालोले खनेरै खेती गर्नुपर्छ । कोदालोको भरमा काम गर्नुपर्दा खेताला धेरै आवश्यक पर्ने भएकाले खर्च पनि उत्तिकै बढ्ने उहाँको भनाइ छ ।

आकासको पानी पखाई गर्दागर्दै उहाँले कोदालोले नै खनेर खेत रोपाइँका लागि तयार पार्नुभएको छ । “धान रोप्न खानेपानी किनेर सिँचाइ गर्नुपर्छ, आर्थिक अभावले गर्दा आकासकै भरमा छु”, उहाँले भन्नुभयो, “हाम्रो सबैभन्दा ठूलो समस्या सिँचाइ नै हो ।”

बिहानदेखि बेलुकासम्म खेत खन्दा समय र शरीर दुवै खियानुपर्ने बाध्यतामा यहाँका महिला किसानले खेती गर्दै आउनुभएको छ । “सानो हाते मेसिन र ट्र्याक्टर भइदिए हातभरि फोका उठाउनु पर्दैनथ्यो”, गीताले भन्नुभयो, “गाउँमै कसैको घरमा पनि मेसिन र औजार नहुँदा हातैको भर खेती गर्दै आएका छौँ ।”

राष्ट्रिय महिला किसान महासङ्घका अध्यक्ष गङ्गालक्ष्मी अवालेले कृषिमा महिलाको योगदान जति छ, त्यति राज्यले न्यायोचित व्यवहार नगरेको बताउनुभयो । अनुदानमा आउने राज्यको सुविधाबाट महिला किसान वञ्चित छन् । पढेलेखेका र टाठाबाठा पुरुषले नै किसानको नाममा अवसर पाएको उहाँको बुझाइ छ ।

अनुदानमा आएका कुनै पनि सुविधाबाट महिलाले सहजै पाउने स्थिति नहरेको अवालले बताउनुभयो । “महासङ्घले यस्ता महिला किसानलाई कृषिको पहुँचसम्म पुर्याउन मद्दत गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ, “तर, स्थानीय सरकारले समेत यस्ता महिला किसानलाई प्राथमिकतामा पारेको देखिंदैन ।” उहाँका अनुसार राज्यले वास्तविक किसानको पहिचान गर्न घरदैलो र खेतमै पुग्नुपर्छ ।

कृषिविद् योगेन्द्रकुमार कार्कीले किसानमा लैङ्गिक संवेदनशीता नहुँदा सबैभन्दा बढी मर्कामा महिला किसान परेको बताउनुभयो । “विगतमा जसरी पुरुषले खेती गर्थे अबको स्थिति त्यस्तो छैन”, उहाँले भन्नुभयो,“घरका श्रीमान र छोराहरु कमाइ गर्न विदेसिने र घरमै बस्ने महिलाले खेती सम्हाल्नु पर्ने अवस्था छ ।” महिलामैत्री खेती औजार नहुनु, अनुदानमा महिलालाई सहज पहुँच नपुग्नु, आर्थिक अभावका कारण खेती गर्न चुनौती खेप्नुलगायतका समस्या महिला किसानले भोग्दै आउनुभएको उहाँले बताउनुभयो ।

कृषि सचिव हुँदा बखत महिला किसानको पक्षमा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिंदै आए पनि अहिलेसम्म यसको गम्भीरता नदेखिएको कार्कीले सुनाउनुभयो । “अहिले खेतीपातीको अधिकांश काम महिलाले नै धानेका छन्”, उहाँले भन्नुभयो, “हाम्रा कृषि नीतिमा कहीँ कतै महिलामैत्री न त शब्द छ, न योजना ।” उहाँ अब कृषि नीति २००४ मा संशोधन गरी महिला किसानमैत्री बनाउन जरुरी ठान्नुहन्छ । “तालिमहरु पनि श्रीमानले नै लिने गर्छन्,” उहाँले भन्नुभयो, “प्राङ्गारिक मल बनाउन महिलाको सङ्ख्या अधिक छ तर उहाँहरुलाई प्रशिक्षण र प्रोत्साहनको अभाव छ ।”

स्वच्छ ऊर्जा नेपाल, खाद्यका लागि कृषि अभियान र अक्सफामले २०७१ मा गरेको “महिला किसान चुनौती र अवसर” अनुसन्धानमा महिला किसानमैत्री नीति नबन्दा धेरै महिला किसान अन्यायमा परेको निश्कर्ष निकालेको थियो । अनुसन्धानमा उल्लेख भएअनुसार महिला किसानको लागि भनेर सरकारले २०१३ सालमा योजनाबद्ध आर्थिक विकासको सुरुवात गरेको थियो । राज्यको छैँठौ योजनामा पहिलोपटक “थप कृषि कार्यक्रम गरी महिला कृषकको सहभागिता बढाउने” बाक्य समावेश भएको थियो । त्यसपछिका योजनाहरुमा विस्तारै महिला किसानका शब्द हराउँदै गए ।

आर्थिक वर्ष २०४९/५० मा कृषि तथा सहकारी मन्त्रालयले “महिला कृषक विकास महाशाखा” गठन गरेको थियो । यो नै पहिलोपटक महिला किसानलाई प्राथमिकतामा राखेर बनाईको महाशाखा थियो । बाली एवं पशुजन्य उत्पादनमा महिला कृषकको संलग्नता, उत्पादन सामग्रीहरुमा उनीहरुको पहुँचजस्ता विषयमा अध्ययनसमेत गर्दै आएको थियो । यसैका आधारमा महिला कृषक विकास कार्यक्रमको पाँचवर्षे कार्ययोजना समेत तयार भयो । यसलाई कार्यान्वयन गर्न आठौँ पञ्चवर्षीय योजनाले नीतिगत व्यवस्था समेत ग¥यो । यसअनुसार मन्त्रालयअन्तर्गतका केन्द्रीय स्तर एवं जिल्लास्तरीय निकायहरु सञ्चालन हुने कृषि विकास कार्यक्रमहरुमा महिला सहभागिता बृद्धि गर्ने व्यवस्था मिलाइयो ।

यसैको निरन्तरतास्वरुप नवौँ योजनाले कुनै पनि कृषि विकासका कार्यक्रमहरुमा कम्तिमा ३५ प्रतिशत महिला कृषकको सहभागिता हुनैपर्ने मापदण्ड तोकेको छ । लैङ्गिक अवधारणा विषयक गोष्ठी, विभिन्न तालिममा तोकिएको यस्तो प्रतिशतले महिला किसानको अनिवार्य अस्तित्व स्वीकार गर्नु राम्रो पक्ष हो, भलै ८९ प्रतिशत महिला कृषि क्षेत्रमा लागेका हिसाबले हेर्दा यो उचित प्रतिशत भने थिएन । कृषि तथा सहकारी मन्त्रालयले २०६१ मा महिला कृषक विकास महाशाखालाई लैङ्गिक समता तथा वातावरण महाशाखामा रुपान्तरण ग¥यो । २०७० सालमा आएर यसको नाम फेरिएर खाद्य सुरक्षा तथा वातावरण महाशाखा भयो । महिला किसान शब्द हरायो ।

कृषि तथा सहकारी मन्त्रालयकै २०११ को तथ्याङ्कअनुसार कम्पोष्ट मल हाल्नेमा ९६ प्रतिशत महिला सहभागी हुन्छन् भने सिँचाइमा उनीहरुको भुमिका ५० प्रतिशत हुन्छ । त्यसैगर गोडमेलमा महिला किसानको भूमिका ७० प्रतिशत हुन्छ भने बाली भित्र्याउनेमा ६३ प्रतिशत हुन्छ । आइफाडका अनुसार कृषि श्रममा ६० प्रतिशतभन्दा बढी महिला संलग्न छन् तर उत्पादन प्रविधि र तालिममा भने उनीहरुको पहँुच न्यून भएको उल्लेख छ । नवौँ पञ्चवर्षीय योजनाले कृषिसम्बन्धी सबै कार्यक्रममा महिला सहभागितामा कम्तिमा ३५ प्रतिशत हुनैपर्ने तोकेको थियो । यद्यपि व्यवहारमा सन्तोषजनक उपस्थिति नरहेको अनुसन्धानले खुलाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। संगीता सिंह किसान र महिला किसानलाई समग्रह रुपमा बुझ्न नमिल्ने बताउनुहुन्छ । किसान महिला अरुभन्दा केही फरक हुनुहुन्छ । उहाँहरुको शारीरिक बनावट र साक्षरताका कारण पनि बढी महत्वका साथ कृषि कार्यक्रम ल्याउनु पर्ने उहाँले महशुस गर्नुभएको छ । यद्यपि राष्ट्रिय योजनाका कार्यक्रममा महिला किसान नै भनेर शिर्षकगत कुनै बजेट छैन । “समग्रमा किसानलाई महिला किसानमा मिसाउनु न्यायोचित हुन्छ भन्ने मलाई लाग्दैन”, उहाँले भन्नुभयो, “मन्त्रालयअन्तर्गत कार्यक्रममा महिला किसान लक्षित कार्यक्रमहरु बनाउन सकिन्छ, जुन जरुरी पनि छ ।” यहाँले महिला किसानको प्राथमिकतामा राज्यले नीति बनाउन चुकेको बताउदै प्राथमिकता मूल्याङकन गरेर किसान महिला प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले देशका अधिकांश किसान महिला नै भएको स्वीकार गर्नुभएको छ । मन्त्रालयले किसान कार्ड बनाएर महिला र पुरुष किसानको आवश्यकताअनुसार प्रोत्साहनका कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । “मैले गर्ने हरेक कार्यनीतिमा महिला किसान प्राथमिकतामा पर्छन्”, उहाँले भन्नुभयो,“त्यसै अनुरुप कार्ययोजना बनाएको छु । महिलामैत्री प्रविधि ल्याउन पहल गर्नेछु ।” रासस