१८ श्रावण २०८३, सोमबार
,
Latest
आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको राष्ट्रपतिमा सिल्भा निर्वाचित



अ+ अ-

एजेन्सी । ब्राजिलको राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनले आइतबार भएको दोस्रो चरणको चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

वामपन्थी वर्कर्स पार्टीका लुलाले जनवरी १, २०२३ मा पद सम्हाल्नेछन्, तबसम्म बोल्सोनारोको कार्यवाहक राष्ट्रपति रहनेछन् ।

राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान ३० अक्टोबरमा भएको थियो । लुला दा सिल्भाले ५०.९०% भोट पाए भने बोल्सोनारोले ४९.१०% भोट पाए । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । गत महिना भएको पहिलो चरणको मतदानमा लुलाले ४८.४%, बोल्सोनारोले ४३.२३% मत पाएका थिए ।

७७ वर्षीय लुला डा सिल्भाले चुनावी मैदानमा भ्रष्टाचार अन्त्य गर्न अभियान चलाएका थिए । उनले बोल्सोनारोको पालामा भ्रष्टाचार बढेको बताएका थिए । छैटौं पटक राष्ट्रपतिको चुनाव लडेका लुला विजयी भएका हुन् ।

उनले पहिलो पटक सन् १९८९ मा चुनाव लडेका थिए । लुलाले राष्ट्रपतिको पदभार ग्रहण गर्ने यो तेस्रो पटक हुनेछ । यसअघि उनी सन् २००३ देखि २०१० सम्म दुईपटक राष्ट्रपति निर्वाचित भएका थिए ।