• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’

ब्राजिलको राष्ट्रपतिमा सिल्भा निर्वाचित



एजेन्सी । ब्राजिलको राष्ट्रपतिमा पूर्व राष्ट्पति लुइस इनासियो लुला डा सिल्भा निर्वाचित भएका छन् । उनले आइतबार भएको दोस्रो चरणको चुनावमा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

वामपन्थी वर्कर्स पार्टीका लुलाले जनवरी १, २०२३ मा पद सम्हाल्नेछन्, तबसम्म बोल्सोनारोको कार्यवाहक राष्ट्रपति रहनेछन् ।

राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान ३० अक्टोबरमा भएको थियो । लुला दा सिल्भाले ५०.९०% भोट पाए भने बोल्सोनारोले ४९.१०% भोट पाए । ब्राजिलको संविधान अनुसार चुनाव जित्नका लागि उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । गत महिना भएको पहिलो चरणको मतदानमा लुलाले ४८.४%, बोल्सोनारोले ४३.२३% मत पाएका थिए ।

७७ वर्षीय लुला डा सिल्भाले चुनावी मैदानमा भ्रष्टाचार अन्त्य गर्न अभियान चलाएका थिए । उनले बोल्सोनारोको पालामा भ्रष्टाचार बढेको बताएका थिए । छैटौं पटक राष्ट्रपतिको चुनाव लडेका लुला विजयी भएका हुन् ।

उनले पहिलो पटक सन् १९८९ मा चुनाव लडेका थिए । लुलाले राष्ट्रपतिको पदभार ग्रहण गर्ने यो तेस्रो पटक हुनेछ । यसअघि उनी सन् २००३ देखि २०१० सम्म दुईपटक राष्ट्रपति निर्वाचित भएका थिए ।