२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोल नयाँ फिल्म ‘एक्स ९’मा अनुबन्धित



अ+ अ-

काठमाडौं । अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’मा  अनुबन्धित भएका छन् । 

शनिवार काठमाडौंको मेरियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने फिल्ममा उनले महंगो पारिश्रमिक बुझेर फिल्म साइन गरेको बताइएको छ ।  

यो फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा रहेको थियो । निषेधाज्ञाअघि नै दुई पक्षबीच मौखिक सहमति भएपनि कागजी सम्झौता भने हुन सकेको थिएन । अनमोलले आउँदो जनवरीबाट फिल्मको सुटिङ थाल्नेछन् । 
 
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले लेखेका हुन् । 

नेपालसँगै यूरोप, दुबईको आबुधाबी र क्यानडामा खिचिने फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहने बताइएको छ । 

निर्माण टिमले फिल्मका लागि भिलेनको भूमिकामा बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको बताएपनि उनीसँग कागजी सम्झौता भने भइसकेको छैन ।