२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको इच्छाका कारण वृद्धभत्ता दिने उमेर घटाइएको हो– स्वर्णिम वाग्ले



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको इच्छाका कारण पार्टीको चुनावी घोषणापत्रमा वृद्धभत्ता दिने उमेर घटाइएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा स्वर्णिम वाग्लेले घोषणापत्रमा ६५ वर्षमा वृद्धभत्ता दिने पार्टी सभापति देउवाको इच्छाबमोजिम भएको बताउनुभयो ।

अहिले ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउँदै आएका छन् ।

घोषणापत्र आफ्नो संकल्पपत्र मात्र नभएर नेपाली कांग्रेसकै संकल्पपत्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ, केन्द्रीय समितिमा ८० प्रतिशतको उहाँलाई समर्थन छ, उहाँले नै ६५ वर्षमा वृद्धभत्ता दिने इच्छा राख्नुभएको हो ।”

डा वाग्लेका अनुसार यसअघिको वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६८ वर्षमा झार्ने काम पनि प्रधानमन्त्री देउवाकै कार्यकालमा भएको हो । “६५ वर्षसम्म क्रमशः ५ वर्षको कार्यकालमा पुर्‍याउनुपर्छ भन्ने इच्छा बमोजिम यो प्रतिबिम्बित भएको हो”, उहाँले भन्नुभयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमशः ६५ वर्षमा झारिने उल्लेख छ ।