८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानले नचिन्ने राजनीतिक संयन्त्र किन चाहियो ?: सांसद डा. विमला राई पौडेल(भिडियो सहित)



अ+ अ-

काठमाडौ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी (नेकपा एमाले) फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको गम्भिर आरोप लगाउनु भएको छ । आईतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रीपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दावी गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो पार्टी कहिले फुटला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रीपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।’ सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नु भयो ।

उहाँले केपी ओली नेतृत्वको सरकारलाई अप्ठयारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको मागले भएको दावी गर्दै उहाँले अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको उल्लेख गर्दैै त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भयो । सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको प्रतिक्रिया समेत दिनु भयो ।

संविधानले नचिन्ने राजनीतिक संयन्त्र बनाउने काम गर्न नहुने उहाँको तर्क थियो । सांसद पौडेलले प्रधानमन्त्री देउवालाई पटक पटक संसदप्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह गर्नु भयो । 




न्यूजपोलारबाट थप समाचार