२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिबोधनी एकादशीमा भिमादमा भलिबल प्रतियोगिता हुँदै



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा हरिबोधनी एकादशीको अवसरमा वडा स्तरीय सिनियर पुरुष एवं वडा स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सोही अवसरमा विगतमा पनि भलिबलको आयोजना गर्दै आएको भिमादको जनशान्ति युवा क्लबले यस वर्ष पनि भलिबल तथा विविध सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कात्तिक १४ गते अर्थात यही सोमबारदेखि सुरु हुने प्रतियोगिता १८ गतेसम्म चल्नेछ । टिम दर्ताका लागि पुरुषतर्फ ५ हजार र महिलातर्फ २५ सय शुल्क तोकिएको यस प्रतियोगितामा पुरुषतर्फको विजेताले ७० हजार ५५५ प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार ४४४ प्राप्त गर्नेछ ।

यस्तै, महिलातर्फको विजेता टोलीले २५ हजार तथा उपविजेताले १५ हजार प्राप्त गर्ने जनशान्ति युवा क्लबले जनाएको छ । यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार वितरण गरिनेछ । दर्शकको उल्लेख्य उपस्थिती रहने यस भिमाद रंगशालमा भलिबल एवं विविध सांस्कृतिक कार्यक्रमले खेलकुद तथा पर्यटनको क्षेत्रमा सहयोग पुग्ने क्लबले अपेक्षा राखेको छ ।