२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवा विरुद्ध आक्रमक बन्दै पौडेल,दबाब दिन जिल्ला सभापतिसंग छलफल गर्दै



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिसंग छलफल गर्ने भएका छन् । पार्टीको  महाधिवेशन नहुने भएसँगै पौडेलपक्षले आफु निकटका जिल्ला सभापतिसंग छलफल गर्ने भएका हुन् । 

क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा  नेता पौडेलले बोलाएको जिल्ला सभापतिको बैठक आज दिउँसो बस्दै छ। महाधिवेशन हुन नसकेको अवस्थामा सभापतिहरुको राय लिन भेला डाकिएको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए।

बैठकमा क्रियाशील सदस्यताको सूची छिटो प्रकाशन गर्न नेतृत्वलाई दवाब दिनुकासाथै महाधिवेशन समयमा गर्न दबाब दिने विषयमा छलफल हुने उनको भनाइ छ।   बैठक बस्नुअघि केही जिल्लाका सभापतिहरुको अनौपचारिक बैठक लैनचौरमा बस्ने बताउँदै केसीले त्यसपछि बैठक बस्ने स्थानको तय हुने जानकारी दिए।