१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवा विरुद्ध आक्रमक बन्दै पौडेल,दबाब दिन जिल्ला सभापतिसंग छलफल गर्दै



अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिसंग छलफल गर्ने भएका छन् । पार्टीको  महाधिवेशन नहुने भएसँगै पौडेलपक्षले आफु निकटका जिल्ला सभापतिसंग छलफल गर्ने भएका हुन् । 

क्रियाशील सदस्यता विवाद टुंगो नलागेर समयमा  नेता पौडेलले बोलाएको जिल्ला सभापतिको बैठक आज दिउँसो बस्दै छ। महाधिवेशन हुन नसकेको अवस्थामा सभापतिहरुको राय लिन भेला डाकिएको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए।

बैठकमा क्रियाशील सदस्यताको सूची छिटो प्रकाशन गर्न नेतृत्वलाई दवाब दिनुकासाथै महाधिवेशन समयमा गर्न दबाब दिने विषयमा छलफल हुने उनको भनाइ छ।   बैठक बस्नुअघि केही जिल्लाका सभापतिहरुको अनौपचारिक बैठक लैनचौरमा बस्ने बताउँदै केसीले त्यसपछि बैठक बस्ने स्थानको तय हुने जानकारी दिए।