२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट खेलकुद परिषद् विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको निधन



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ । श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो ।

ग्वार्को बस्दै आएकी स्व। श्रेष्ठका श्रीमान् र ४ छोरा छन् । श्रेष्ठको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएका छन् ।
श्रेष्ठको निधनमा राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शोक सभा आयोजना ग¥यो । श्रेष्ठको सम्झनामा एक मिनेट मौन धारण गरी दिवंगता आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतका कर्मचारीले स्व। श्रेष्ठको तस्वीरमा पुष्प गुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।