५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रियन क्लब एफसी साल्जबर्गलाई उसकै मैदानमा २-१ गोलले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो ।

चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले एकएक गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले एक गोल फर्काए ।

चेल्सीले खेलको २३ औं मिनेटमा कोभाचिचको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ४८ औं मिनेटमा अडामुले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, ६४ औं मिनेटमा हाभर्ट्जले पुलिसिचको पासलाई सदुपयोग गर्दै गोल गरे ।

समूह ई मा रहेको चेल्सीले ५ खेल खेल्दै १० अंक जोडेको छ । तेस्रो स्थानको साल्जबर्गको ६ अंक छ ।




भर्खरै