२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौलीमा कस्मेटिक पसलमा आगलागी



file
अ+ अ-

तनहुँ । तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ ।व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

उक्त पसल केही महिनाअघि रु ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिनुभयो । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब रु७० लाखको क्षति भएको उहाँको दाबी छ ।

आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।