६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा  घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा–६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४प ९१७१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको चालक जलेश्वर नपा–७ बस्ने ३३ वर्षीय शम्भु साह चढेको बिआर०६बी ७०२१ नंको मोटरसाइकल मटिहानी नपा–९ मा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।    

दुर्घटनापश्चात दुई जना सवार मोटरसाइकल पछाडि बस्ने फरमान गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकामा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)