• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

कांग्रेसको सङ्कल्पपत्र भोलि सार्वजनिक गरिने



काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र भोलि कात्तिक ७ गते सार्वजनिक गर्ने भएको छ ।

यसअघि सङ्कल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौँ उपत्यकाबाहिर रहनुभएका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ हुने भएपछि भोलि बिहान १०ः३० का लागि सो कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सङ्कल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्नुहुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।