• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सन्दीपमाथि अनुसन्धान गर्न २ दिन म्याद थप(भिडीयोसहित)



काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका ‘निलम्बित’ कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि चौथो पटक म्याद थप गरिएको छ ।

उनलाई आज आईतबार अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।

असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि असोज २४ र असोज २७ र कार्तिक २ गते अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि उनी कप्तानबाट निलम्बनमा परेका थिए । काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा भदौ २१ गते ती किशोरीले प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् ।