८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले भित्रको अन्तरसंघर्ष किनारा लागेपछि मन्त्रीपरिषद् विस्तार हुन्छः देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्तरसंघर्षको किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताउनुभएको छ । 

सोमाबार काठमाडौंमा आयोजिक एक अन्तरक्रियामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तरसंघर्षमा रहेको र अन्तरसंघर्ष किनारा लागिसकेपछि मन्त्रीपरिषद् विस्तार हुने बताउनुभएको हो । 

सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमाले भित्रको शक्ति संघर्षका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उहाँले अबको दुई, तीनदिन भित्र सरकार बिस्तार हुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘कतिपय पक्षहरुका आन्तरिक समस्याहरु पनि हल नभएको हुँदा, आन्तरिक समस्या समाधानको पर्खाईमा सरकार अल्झेको थियो । 

खासगरी जनता समाजवादी पार्टीको निर्वाचन आयोग र अदालतमा चलेको बहस, त्यसको किनारा लागिसकेको छ । र गठबन्धनमा रहेको एउटा हिस्सा नेकपा एमाले भित्रको हिस्सा पनि गठबन्धनमा हुनुहुन्छ । उहाँहरु निकै चर्को अन्र्तसंर्घषमा हुनुहुन्छ । त्यो अन्र्तसंघर्षले पनि एउटा प्रारुप लिने, त्यसले एउटा किनारा लिइसकेपछि यो सरकारलाई अगाडी बढाउने कुरा अगाडी बढ्छ । 

एमाले भित्रको शक्ति संघर्ष र कतिपय कारणले यो सरकार ढिलाइ भएको हो । मैले बुझे अनुसार साझा कार्यक्रम पनि सार्वजनिक भइसकेको र अरु कतिपय विषय टुंगिदैँ गएको हुँदाखेरी २/३ दिन भित्रमा सरकारले विस्तारको काम गर्छ ।’




न्यूजपोलारबाट थप समाचार