२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री श्रेष्ठलाई कारवाही माग गर्दै निर्वाचन आयोगमा उजुरी



अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उनीमाथि कारबाहीका लागि आयोगमा उजुरी दर्ता गराएको हो ।

मञ्चले निर्वाचनको संघारमा आफैँ उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको जनाएको छ ।

मंसिरसम्म मदिराको आयातमाथि प्रतिबन्ध कायमै राख्नुपर्ने भन्दै मञ्चले भनेको छ, “मदिरा आयात खोल्न दबाव दिने उम्मेदवार एवं मन्त्री श्रेष्ठलाई कारबाही गरिनु पर्छ ।”

मञ्चले प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको समेत उल्लेख गरेको छ । मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत कार्य गर्न खोजेको मञ्चले आरोप लगाएको छ ।