४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा ज्यान गुमाएका निसिमलाई मानार्थ स्वर्ण पदक, पोखरामा अर्धकदको शालिक



अ+ अ-

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ ।

निसिमको पोखरा रंगशालामा निसिमको अर्धकदको शालिक राख्ने निर्णय भएको राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ । बुधबार साँझ बसेको बोर्डको बैठकले मृतक खेलाडीको सम्मानस्वरूप शालिक बनाउने निर्णय गरिएको हो ।

थापाको ३० असोजमा प्रतियोगिताको क्रममा सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेर मृत्यु भएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ