८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए अध्यक्ष पन्तले भेटे प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका छन् । 

भेटमा अध्यक्ष पन्तले लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । 

साथै  महामारीको पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गरेका छन् । 

भेटमा पन्तले आगामी अक्टोबरमा हुने १० औँ  अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यताका लागि पनि विशेष आग्रह पनि गरे ।  

प्रधानमन्त्री देउवाले यथाशक्य छिटो नागरिकता लगायत, बिट्रिश गोर्खाको समस्या समाधान, नेपाली श्रमिकको लागि राहतमुखी कार्यक्रम लगायतमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको उनले बताए । 




न्यूजपोलारबाट थप समाचार