२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने ?



अ+ अ-

दशै सांगितिक टुर रमाईलो भयो । सबै टुर व्यवस्थापन गर्नी लक्की ईभेन्टस् र उहाहरु संग सहकार्य गरी कार्यक्रम आयोजना गर्ने संघसस्था र उपस्थित सबै सबैमा धेरै धेरै धन्यबाद ।

हामी पुगेका ५ वटा मध्य ४ वटा शहरमा पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना भएको रहेछ । विश्वका धेरै शहरमा बस्ने नेपालीहरु माझ यसरी पहिलोपटक पुग्ने अवसर पाईरहेको छु । यो छुट्टै अनुभव हो । फेरी ( फेरी कार्यक्रम आयोजना हुदा कुरा भैरहनेछ )“ पहिलो पटक उनी आएका थिए ! देशको सम्झना लिएरर पिर लिएर ! गलबन्दिमा अलिकति रमाईलो लिएर !”

जे होस न्युजिल्याण्ड हाम्रो तेन्जिङ नोर्गे संगै पहिलो पटक सगरमाथा चढ्ने सर एडमन हिलारीको देश हो । उनको सम्झनामा यहाको ५ को नोटमा सगरमाथा र एडमनको तस्विर राखिएको छ । यहाँ आउने प्रत्येक नेपालीलाई सोधिन्छ – “ सगरमाथा चढ़ेका छौ ? ”

न्युजिल्याण्ड एकदमै शान्त र प्राकृतिक रहेछ । कृषिमय रहेछ । किवि फ्रुट, डेरी फार्म (गाई पालन ) र भेडा यहाको मुख्य आम्दानीको श्रोत हो । पर्यटन त भैनै हाल्यो । २ जनाको नेपाली परिवारले ४-५ सय गाई पालेको र लाखौ लिटर दुध उत्पादन गरेको भेटियो । किवि फ्रुट बाट मनग्य आम्दानी गर्ने नेपालीहरु थुप्रै छन यहाँ ।

बैंक मा काम गर्ने एक नेपालीका अनुसार यहाँ शुटबुट मा ठाटिएको व्यापारी संग भन्दा सामान्य भेषमा आएको कृषकसंग बढि पैसा हुन्छ भन्ने विश्वास गरिदो रहेछ । यस्ता कुराहरु गुगल गरे पनि भेटिन्छ । विश्वका टप १० मा पर्ने प्राध्यापक नेपालीहरु छन यहा उनीहरु लाई सोधे पनि हुन्छ । अरु रेगुलर काम गर्ने नेपालीलाई पनि आईडिया छ ।

अलिअलि सरकारी खर्च लिएर घुमेर र हेरेर सिकेर गए पनि हुन्छ किनकि हाम्रो देशले अनुशरण गर्न सक्ने कृषिका थुप्रै उदाहरण रहेछन यहा । तर गर्ने कस्ले ? पढेलेखेको एउटा पुस्ता देश बन्ने बेला सम्म क़ुर्नु भन्दा बनेको देशमा गएर शेटल हुन सजिलो मानेर उड्याउड्यै छन । हामी राष्ट्रभक्त भईटोपल्ने हरुले गर्ने मेसो पाउदैनौ । यस्सो गित गायो । गुनासो गर्यो । सकियो ।

देश बनाउछु भनेर ज़िम्मा लिएकाहरु देशकै स्रोत शक्तिले आफ्नाहरु पोस्न र राजनैतिक भाडभैलो गर्नमै व्यस्त छन । “न्युजिल्याण्डमा मानिसको जनसंख्या भन्दा ३ गुणा बढि भेडाहरु रहेछन । त्यो भन्दा धेरै भेडा त नेपालमै छन “ भन्ने जोक यो यात्रामा खुब चल्यो । अब चुनाव आउदैछ । साच्चै आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने नेतृत्व छान्ने रु सोच्ने होकि!

गायक सपुतको फेसबुकबाट